एनआरएन अस्ट्रेलियाले निर्वाचन सम्पन्न भएको केही महिनामा कार्यसमितिलाई पूर्णता दिएको छ। आइतबार सम्पन्न कार्यसमितिको बैठकले पूर्वउपाध्यक्ष नन्दु गुरुङलाई प्रवक्तामा र कोमल राज पाठकलाई पब्लिक अफिसरमा मनोनित गरेको छ।
यसैगरी न्यु साउथवेल्सबाट पूर्णनाथ घिमिरे, साउथ अस्ट्रेलियाबाट प्रजिता गेलाल, क्वीन्सल्यान्डबाट रदिप थापालाई कार्यसमितिको सदस्यमा मनोनित गरेको छ।
कार्यसमितिमा प्रवक्ता र पब्लिक अफिसर दुवै डाइरेक्टरका रूपमा रहने विधानत: प्रावधान रहेको छ।
यसैगरी एनआरएनए अस्ट्रेलियाले २५ जना सल्लाहकार समितिको पनि मनोनयन गरेको छ।
एनआरएन अस्ट्रेलियाको सल्लाहकारमा सिड्नीबाट बालचन्द्र भट्टराई,त्रिलोचन पोखरेल, विवेक थापा, दिनेश पोखरेल, दिनेश राज जोशी, सृजना संग्रौला, चोलाकान्त भुसाल, गणेश तामाङ, हेमन्त काफ्ले, केशव प्रसाद सापकोटा, दिप नारायण चौधरी, , हिमलाल गैरे, कृष्ण श्रेष्ठ, सुजित सिग्देललाई मनोनित गरिएको महासचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए।
त्यसैगरी, भिक्टोरियाबाट श्री पन्त, सुनिल भण्डारी, बिनित शर्मा, क्वीन्सल्यान्डबाट नरेन्द्र श्रेष्ठ, बामदेव पौडेल, वेस्टर्न अस्ट्रेलियाबाट डम्बर श्रेष्ठ रहेका छन्।
त्यस्तै, अन्य सल्लाहकारमा नर्दन टेरिटोरीबाट नबिन वाग्ले, साउथ अस्ट्रेलियाबाट सूर्य आचार्य, प्रविण गुरागाईं, क्यानबेराबाट दुर्गादत्त कँडेल र तास्मानियाबाट अनिल श्रेष्ठ छन्।
लामो समयदेखि रोकिएको एनआरएन अस्ट्रेलियाको कार्यसमितिको विस्तार र सल्लाहकारको मनोनयनपछि कार्यदिशामा अगाडि बढ्न सहजता मिल्ने एनआरएनका अध्यक्ष केशव कँडेलले बताए।