बजारमा हरियो भटमासको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको छ।
समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा हरियो भटमास प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय १५ देखि एक सय २५ रूपैयाँमा कारोबार भएको छ।
सिजन सुरू भएकाले हरियो भटमासको मूल्य घटेको व्यवसायीहरू बताउँछन्।
एक महिनाअघि कालीमाटी बजारमा हरियो भटमास प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय ५० देखि अधिकतम एक सय ८० रूपैयाँमा कारोबार भएको थियो।
सुरूआती चरणमा भने भटमास प्रतिकिलो थोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँसम्म बिक्री भइरहेको थियो।
अहिले काठमाडौंमा भक्तपुर, ललितपुर, काभ्रे, धादिङ, मकवानपुर लगायतका क्षेत्रबाट भटमास आइरहेको छ।