एमजी मोटर इन्डियाले 'एमजी विन्डसर इभी' सार्वजनिक गरेको छ।
एमजी विन्डसर 'एरोग्लाइड डिजाइन' सँग डिजाइन गरिएको छ।
याे गाडी १८” डाइमंड कट एल्योय चक्कासँग सुसज्जित छ जसले आकर्षक लुक र यात्रा गुणस्तरलाई बढाउँछ।
यो गाडीले सहज ड्राइभिङ अनुभवको लागि उच्च ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने कम्पनीको भनाइ छ।
यसले भारतका चुनौतीपूर्ण स्थानहरू जस्तै रन्न अफ कच्छ, लेह, र उदयपुरमा कठोर परीक्षणहरू सफलतापूर्वक पूरा गरेको छ।
एमजी विन्डसरमा सेगमेन्ट-प्रथम १५.६ इन्चको 'ग्रान्ड भ्यू टच डिस्प्ले' छ जसले मनोरञ्जन, नेभिगेशन, र गाडीका सेटिङहरूको केन्द्रको रूपमा काम गर्दछ।
एमजी विन्डसरमा 'इन्फिनिटी भ्यु ग्लास रूफ' पनि छ, जसले प्यानोरामिक दृश्य प्रदान गर्छ, क्याबिनको सौन्दर्यतालाई बढाउँछ र प्रशस्त, हावा लागेको अनुभव सिर्जना गर्छ।
कम्पनीका अनुसार यसमा भएको लक्जरी विशेषताले यात्रुहरूलाई व्यस्त सहरी क्षेत्रमा वा शान्त ग्रामीण क्षेत्रमा आफ्ना वरिपरिका दृश्यसँग अविच्छिन्न सम्पर्क राख्न मद्दत गर्छ।
यात्रुहरूको आरामलाई ध्यानमा राख्दै एमजी विन्डसरले सुविधाजनक बसाइका लागि डिजाइन गरिएको १३५° रेक्लाइन एंगलसहितको 'एरो-लाउन्ज' सिट राखेको छ।
नेपालमा एमजी मोटरको अधिकृत वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा एमजी विन्डसरको आगमन चाँडै हुने संकेत गरेको छ।