दिगो ग्रुप अन्तर्गत इ–स्टपले दिगो डाँफे इलेक्ट्रिक भ्यानका ग्राहकका लागि नयाँ अफर ल्याएको छ।
इ–स्टपले असोज महिनादेखि मंसिर महिनासम्म (तीन महिना) दिगो डाँफेको ग्राहकहरूलाई दैनिक एकतर्फी निःशुल्क चार्जिङ सेवा प्रदान गर्ने घोषणा गरेको छ।
यो अफर रामटार, मुल्कोट र कुरिन्टारमा फैलिएका इ–स्टपमा उपलब्ध हुने कम्पनीले बताएको छ।
यो अफरको उद्देश्य वातावरण संरक्षण र इ–मोबिलिटीमा सवार हुनुको फाइदाहरूलाई जनमानसमा प्रचार गर्नु हो।
कम्दिपनीका अनुसार गो ऊर्जा प्रयोगको प्रवर्द्धन गर्दै वायु प्रदूषण घटाउन सहयोग पुर्याउने उद्देश्य पनि यस अभियानको मुख्य अंश हो।
दिगो ग्रुपका संस्थापक राजन रायमाझीले भने, 'हामीले हाम्रो ग्राहकहरूलाई थप प्रोत्साहित गर्न र ग्राहकहरूको अनुभवलाई सजिलो बनाउने काममा प्रतिबद्ध छौं। यो अफरले हाम्रो दिगो लक्ष्यलाई साथ दिएको छ र ग्राहकहरूलाई इ–मोबिलिटीलाई रोज्न उत्प्रेरित गर्नेछ।'
यो अफर दिगोका ग्राहकहरूका लागि एक सुनौलो अवसर हो। यो सुविधा दिगो डाँफेको ग्राहकहरूका लागि मात्रै लागु हुनेछ।
दिगो ग्रुपले गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधनको बिक्री, वितरण र सेवा प्रदान गर्दै आएको छ। गाडी बिक्रीमा मात्र नभएर, दिगोले चार्जरको बिक्री, वितरण र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ।
साथै, विद्युतीय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ।
दिगो इ–स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ, जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ मार्ट र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्र जस्ता सुविधाहरू पनि उपलब्ध छन्।