शेयर करोबारमा उछाल आएको छ। मंगलबार दिनभरिमा ७२ करोड १६ लाख ४२ हजारको कारोबार भयो। तर शेयर सूचक भने ओरालो लागेको छ।
सूचक २.३७ अंकले घटेर ११६६.२१ अंकमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ सूचक पनि ०.३२ अंकले घटेर २५४.२१ अंकमा पुगेको हो।
१ सय ७१ कम्पनीको कारोबार हुँदा २० लाख २९ हजार ८ सय १५ कित्ता शेयर मंगलबार किनबेच भयो।
कारोबार सूचक घटेपनि बैंकिङ, ट्रेडिङ , फाइनान्स, अन्य र म्युचुअल फन्डको शेयर सूचक भने बढेका छन्। निर्जीवन बिमाको शेयर ५९.५५, होटल उपसूचक ३५.०१ तथा जीवन बीमाको शेयर ४०.३४ अंकले घटेको छ।
पछिल्लो समय राम्रो कारोबार भइरहेको शिवम् सिमेन्टको कारोबार आज पनि सबैभन्दा बढी देखिएको छ। सिमेन्टको १० करोड ३३ लाखको कारोबार हुँदा दोस्रोमा नागरिक लगानी कोषको शेयर ८ करोड ८२ लाखको कारोबार भयो।
यस्तै धेरै कारोबार हुने कम्पनीमा मंगलबार नेपाल बैंक लिमिटेड पनि परेको छ। बैंकको ७ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो।
आज सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, कन्चन विकास बैंक, पाँचथर पावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।
सबैभन्दा बढी गुमाउनेमा अरुनखोला जलविद्युत कम्पनी, रिदी जलविद्युत विकास कम्पनी, गुराँस लघुविक्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।