छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो।
यस अनुसार कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
हकप्रद सेयर निष्कासन प्रयोजनको लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ।
यस अनुसार जेठ १ गतेसम्म कायम सेयरधनीहरूले सो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद सेयरमा असार १२ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई इक्रा नेपालले 'इक्रा एनपी इस्युअर रेटिङ बी माइनस' प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेसीसहर, सुन्दरबजार–६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी-आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।