एसियन लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
यस कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद घोषणा गरी कुल ५.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
उक्त प्रस्ताव बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
गत वर्ष भने कम्पनीले सेयरधनीलाई ८.१६ प्रतिशत लाभांश वितरण गरेको थियो।