सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०८२ साल जेठ २६ गते मधेश प्रदेशको धनुषामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
'बिट द प्लाष्टिक' भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रवर्द्धन गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको हो।
विश्व वातावरण दिवस २०२५ को अवसर पारेर मधेश प्रदेश, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३, मणी मण्डपमा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपेर बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एवम् मठ मन्दिरहरूमा सहयोग गरिसकेका छ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ इकाइहरूबाट १९ लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।