गत राति चीन तर्फबाट भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी भन्सार कार्यालय परिसरमा रहेका गाडीहरू बगाएका छन्।
भन्सारको यार्ड (सुक्खा बन्दरगाह) मा भन्सार पासका लागि राखिएका रहेका करिब १५० विद्युतीय गाडी बाढीले बगाएको प्रारम्भिक अनुमान गरिएको छ।
यी गाडी लगायत बाढीबाट भएका क्षतिमा बीमा दाबी प्रक्रिया सरल बनाइने बीमा प्राधिकरणले उल्लेख गरेको छ।
'बीमा भएका गाडी तथा अन्य भौतिक सम्पत्ति के कति छ भन्ने यकिन जानकारी आएको छैन,' प्राधिकरणका निर्देशक तथा प्रवक्ता शुसिल देव सुवेदीले भने, 'तर, दाबी आएमा भुक्तानी प्रक्रिया सहज रूपमा गर्न कम्पनीहरूलाई निर्देशन जारी गर्नेछौं।'
भन्सारमा आइसकेका गाडीको तथ्यांक सहजै पाइने भएकोले दाबीमा समस्या नहुने पनि सुवेदीले बताए।
सामान्यतय: आयात भएका सवारीहरूको ट्रान्जिट बीमा वा सवारी बीमा भएका हुन्छन्।