गत आर्थिक वर्ष २०८१/८२ मा माछापुच्छ्रे बैंकले दुई अर्ब एक करोड नाफा कमाएको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो।
अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो ९२.४५ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रूपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी बढेको र प्रवधानमा राख्ने रकम घटेपछि खुद नाफा उल्लेख्य बढेको हो।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेर पाँच अर्ब ७५ करोड पुगेको छ। बैंकले प्रवधानमा राख्ने रकम १ अर्ब ३९ करोड रूपैयाँबाट घटेर ३५ करोड ३७ लाख रूपैयाँमा सीमित भएको छ।
बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। बैंकको यस्तो आम्दानी बढेर १७ रूपैयाँ ३१ पैसा पुगेको छ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रूपैयाँ र वितरणयोग्य आम्दानी ९.२३ प्रतिशत छ।
बैंकको मूल्य आम्दानी अनुपात १४.९९ गुणा र प्रतिसेयर नेटवर्थ १६३ रूपैयाँ ८० पैसा छ।
११ अर्ब ६२ करोड १३ लाख रूपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रूपैयाँ सञ्चित छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रूपैयाँ निक्षेप संकलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रूपैयाँ कर्जा लगानी गरेको छ।