गर्मी बढेसँगै अहिले पंखाको व्यापार पनि बढेको छ।
काठमाडौंको असन, महाबौद्धस्थित पसलहरूमा पंखाको बिक्री धेरै हुन थालेको हो।
गर्मी मौसमलाई मध्यनजर गरी व्यवसायीहरूले बजारमा विभिन्न प्रकारका फ्यानहरू ल्याएका छन्।
फ्यानहरूमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरू छन्।
नेपाली बजारमा पाइने फ्यान को मूल्य फ्यान को आकार बनावट र कम्पनी अनुसार फरक फरक छन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी









