नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहक संख्या करिब एक करोड पुगेको छ। फागुन अन्तिमसम्मको तथ्यांकअनुसार टेलिकमले प्रदान गर्ने इन्टरनेट सेवा लिने ग्राहक ९९ लाख ५४ हजार पुगेका छन्।
भ्वाइससमेत प्रयोग गर्नेको संख्या १ करोड ९१ लाख १३ हजार रहेकोमा इन्टरनेट प्रयोग गर्नेहरु ९९ लाख ५४ हजार ७ सय २२ जना रहेका छन्।
अघिल्लो वर्षको तुलनामा डाटा सेवा लिनेको संख्या १८ प्रतिशतले बढेको टेलिकमले जानकारी दिएको छ।
टेलिकमले मोबाइल, एडिएसल, वाइम्याक्स लगायत विभिन्न प्रविधिबाट इन्टरनेट सेवा दिंदै आएको छ।
गएको वर्षदेखि टेलिकमले सुरु गरेको फोरजी मोबाइल इन्टरनेट सेवा लिनेहरुको संख्या पनि ५ लाख पुगेको छ। नेपाल दुरसंचार प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार माघसम्म ५ लाख ३६ हजार पुगेका छन्।