मेगाटेक ग्रुपले आधिकारिक रूपमा लेनोभोको पहिलो कोपाइलट प्लस एआइपिसी योगा ९ नेपालमा ल्याएको छ।
यो अत्याधुनिक एआई-सक्षम पर्सनल कम्प्युटर (एआइपिसी) हो जसले हाइब्रिड उत्पादकता र सिर्जनशीलताको भविष्यलाई पुनः परिभाषित गर्ने बताइएको छ ।
नेपालमा लेनोभो उत्पादनहरूको आधिकारिक वितरकको रूपमा मेगाटेक ग्रुपले नेपाली बजारमा नवीनतम प्रविधि ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ।
यो उपकरणको प्रमुख विशेषता भनेको लेनोभोको कोपाइलट प्लस हो, जुन नयाँ पुस्ताको कृत्रिम बुद्धिमत्ता प्रविधिबाट
सञ्चालित एक एआई सहायक हो जसले कार्यहरू अनुकूलित गर्न, प्रयोगकर्ता अनुभवलाई सुधार गर्न र व्यापार तथा व्यक्तिगत कामकाे लागि वास्तविक समयमा समाधान प्रदान गर्न मद्दत गर्छ।
योगा ९ श्रृंखला ग्राहक सेवा र वारेन्टी सेवाहरूको साथ आउँछ।
यो उत्पादनले नेपाली पेशेवर, विद्यार्थी र सिर्जनशील व्यक्तिहरूलाई आफ्नो उत्पादकत्वलाई उचाइमा पुऱ्याउन र नयाँ स्तरको दक्षता हासिल गर्न सक्षम बनाउने उद्देश्य राखेको छ।
माइक्रोसफ्टका पछिल्ला सुधारहरू र कोपाइलट प्लस को साथमा, प्रयोगकर्ताहरूले अब अफलाइन हुँदा पनि ठूलो भाषा मोडेल (एलएलएम) क्षमताहरू पाउछन् जसले सहज उत्पादकता र सिर्जनशीलता प्रदान गर्दछ।
मेगाटेक ग्रुपका प्रबन्ध निर्देशक सुरेश लोहनीले भने, 'हामी एक दशकभन्दा बढी समयदेखि आइटी वितरण क्षेत्रमा विश्वासिलो नाम बनिरहेका छौं, हामीले नोभोसँगको सहकार्यमा गर्व गर्छौं र सीमाहिन सम्भावनाहरूको नयाँ युगको स्वागत गर्न उत्साहित छौं।'