विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले एक वर्षको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई सेवा दिएको छ। त्यसमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको अस्पतालले जनाएको छ ।
बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डाक्टर सुनिल शर्माले जानकारी दिए ।
त्यस्तै आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिक औषधि उपचार कोषबाट ११ हजार ३ सय २१ जना विरामीले ८ करोड ६४ लाख ९५ हजार ७ सय ४० वरावरको उपचार सहुलियत पाएका छन् ।
आमा सुरक्षा कार्यक्रममार्फत १० हजार १ सय २८ जना विरामीले ३ करोड ५४ लाख ३७ हजार मुल्य वरावरको उपचार सेवा पाएका छन् । यता विपन्न नागरिक औषधि उपचार कोषबाट १ हजार १ सय ९३ विरामीले ५ करोड १० लाख ५८ हजार ७ सय ४० वरावरको उपचार सहुलियत पाएका हुन् ।