नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्किबासको विनयी खोलाको पुल निर्माण गरिएको छ।
नारायणगढ–बुटवल सडक योजनाले उक्त पुल बिहीबारबाट सञ्चालनमा आउने जानकारी दिएको छ।
‘विनयी खोला पुलमा बुधबार कालोपत्रे सम्पन्न भएको छ। भोलि असार १९ गते बिहान ११ बजेदेखि नव निर्मित पुलबाट यातायात सञ्चालन हुनेछ,’ सडक योजनाले भनेको हो।
गत पुस २६ गते अत्यधिक लोड बोकेको भारतीय ट्रकले उक्त पुलमा क्षति पुर्याएपछि डाइभर्सन गर्नुपरेको थियो।
विनयी खोलामा कल्भर्ट हालेर डाइभर्सन गरिँदै आएको भए पनि खोलामा बाढी आउनेबित्तिकै आवागमन प्रभावित हुँदै आएको थियो।
गत असार ६ गते विनयी खोलाको बाढीले यात्रुवाहक बस बगाएको थियो। उक्त बसमा सवार यात्रुको उद्धार गरिएको थियो भने बस पाँच सय मिटरसम्म खोलाले बगाएको थियो।