नेपाल विद्युत प्राधिकरणले भोटेकोशी नदीमा आएको बाढीले २३० मेगावाट बिजुली उत्पादन बन्द भएको जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बाढीका कारण रसुवागढी, चिलिमे, लगायत जलविद्युत आयोजना क्षति पुगेको बताए। त्यस्तै त्रिशूली थ्रिबी सबस्टेसबमा नराम्रो क्षति पुगेको पनि उनले बताए।
'आयोजनामा धेरै क्षति भएको छ। तर जति हुनसक्थ्यो त्योभन्दा कमै भएको छ। अहिलेसम्म मानविय क्षति भएको जानकारी छैन,' उनले भने।
बाढीका कारण क्षति भएर उत्पादन बन्द भएका आयोजना कहिलेदेखि सञ्चालन आउँछन् भन्ने कुरा फिल्डमा गएर हेरेपछि मात्र थाहा हुने उनले बताए।