पछिल्लो समय नेपालभित्रै र देशबाहिर हवाई यात्रा गर्नेहरुको संख्या बढीरहको छ। यात्रुको संख्यासँगै विमान र आन्तरिक विमानस्थल पनि थपिएका छन्।
तर पछिल्लो समय मसयमै उडान नहुने, विमानस्थल र यात्रमा पाइने सेवाबाट यात्रुहरु पनि असन्तुष्ट हुँदै गइरहेका छन्। देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोले उडान र सेवा प्रभावित भइरहेको अधिकारीहरुको बनिबनाउन उत्तर छ। त्रिभुवन विमानस्थल अन्तर्राष्ट्रियमात्र होइन आन्तरिक उडानको सबैभन्दा ठुलो होम विमानस्थल पनि हो।
यही समय एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा नेपालको हवाई यातायात पूर्वाधारको गुणस्तर संसारमै खराब रहेको छ। वर्ल्ड इकनोमी फोरमले सार्वजनिक गरेको विश्वको प्रतिस्पर्धी सुचकांकमा नेपालको हवाई यातायात पूर्वाधार नेपाल संसारकै खराब पाँच देशमा परेको छ।
एयरपोर्ट, विमान र यात्रु क्षमता र तिनको गुणस्तरीयतालाई आधार बनाएर गरिएको सर्वेक्षणनमा नेपाल २ दशमलब अंकका साथ १३३ औं स्थानमा रहेको छ। सबैभन्दा राम्रो पूर्वाधार भएकाले ७ नम्बर पाउने यो सुचकांकमा सबैभन्दा खराबले १ अंक पाउछन्। १३७ देशमा नेपालको अवस्था संसारकै खराब पूर्वाधार भएको देशमा सुचिकृृत भएको हो।
विश्वमा नेपालभन्दा खराब अवस्था भएका देशहरुमा मौरिसिनिया, मालावी, यमन र लेसोथोमात्र छन्।
यो सूचीको पहिलो नम्बरमा सिंगापुर छ भने दोस्रोमा हङकङ।दक्षिण एसियाली देशहरुमा भारत ६१, श्रीलंका ७५, भुटान ८४, पाकिस्तान ९१ र बंगलादेश ११५ औं स्थानमा छ।
त्यस्तै प्रतिकिलोमिटर हवाई यात्रु सिट उपलब्धता सुचकांकमा भने नेपाल ७८ औं स्थानमा छ। प्रतिहप्ता प्रतिकिलोमिटर कति सिट उपलब्ध छन् भन्ने यो सुचकांकमा सयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ भने यमन अन्तिम स्थानमा।
विभिन्न आयामको बारेमा सुचकांक निकालेको फोरमले पूर्वाधार गुणस्तर सुचकांकमा नेपाल ११९ औं स्थानमा छ।
सडक, हवाई, बन्दरगाह, रेल यातायातका पूर्वाधारको गुणस्तरको आधारमा गरिएको वर्गिकरणमा नेपाले ७ मा २ दशमलब ६ अंक प्राप्त गरेको छ।
वर्ल्ड इकनोमिक फोरमले सबै देशका आधिकारीक तथ्यांक र स्थलगतरुपमै अनुसन्धानकर्ता पठाएर सर्वेक्षण गरेको उल्लेख गरेको छ।