सरकारले आर्थिक वृद्धिदरको लक्ष्य संसोधन गरेको छ। बजेटको अर्धवार्षिकी समीक्षा गर्दै अर्थ मन्त्रालयले यो वर्षको बृद्धिदर ६ प्रतिशतमात्र कायम हुने प्रक्षेपन गरेको छ।
विजुलीको आपूर्ति बढ्दा औद्योगिक क्षमता बढेको, पर्यटन तथा अन्य सेवा उद्योगमा पनि प्रगति भएपनि धानको उत्पादन घटेकोले बृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपन गरिएको अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए।
बजेटबाट सरकारले गत साउनमा ७.२ प्रतिशतको बृद्धि हुने प्रक्षेपन गरेको थियो।