भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्रा समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ। विमाानस्थल कार्यालयले मोदीको जनकपुर–काठमाडौं उडानको अवधिमा सम्पूर्ण उडान तथा अवतरण बन्द हुने जनाएको छ।
जनकपुरबाट जहाज उड्ने समयकाे जानकारी भएपछि अाधा घण्टा विमानस्थल बन्द गरिने विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
विमानस्थल कार्यालयले सबै एयरलाइन्सहरुको लागि नोटिस टु एयरमेन(नोटाम) जारी गरिसकेको थियाे।
यसअघि साढै १२ मा जनकपुरबाट जहाज उड्ने भनेर नाेटाम जारी गरिएकाे थियाे। तर त्यसपछि साढे १ काे समय दिइएकाे थियाे त्याे पनि ढिला हुने भएपछि नाेटाम परिमार्जन हुने क्षेत्रीले जानकारी दिए।
मोदी जनकपुरबाट एयर इन्डियाको एटिआर ७२–६०० जहाजबाट काठमाडौं आउने छन्।