गुणस्तर तथा नापतौल विभागले स्वीमिङ पुलको गुणस्तर मापदण्ड तय गर्ने भएको छ।
मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वीमिङ पुललाई व्यवस्थित गर्न यसकोे गुणस्तर मापदण्ड तय गर्न लागिएको विभागका महानिर्देशक विश्वबावु पुडासैनीले बताए।
पानीको गुणस्तर, स्वीमिङ पुलको क्षेत्रफल बराबर मानिसको संख्या, ग्राहकलाई सेवा दिने तरिका, सुरक्षा र पूर्वाधार लगायतका विषयलाई समेटेर मापदण्ड बनाउन लागिएको हो।
यसका लागि विभाग, अन्य सरकारी निकाय, शैक्षिक संस्था (टियु, केयु), उपभोक्ताकर्मी, सेवा सञ्चालक, पर्यटन व्यवसायी र विज्ञको टोली राखेर प्रविधि समिति समेत गठन भइसकेको उनले जानकारी दिए।
‘हामीले प्राविधिक समिति गठन गरिसकेका छौं, उक्त समिति बैठक बसेर छिटै नै मापदण्ड ल्याउँछौँ’, उनले भने।
पहिलो पटक विभागले यसको मापदण्ड तयार गर्न लागेको हो।बढ्दो गर्मीसँगै पानीको मजालिन स्वीमिङ गर्न जानेको संख्या बढ्दै गएको छ।
वालवालिकादेखि युवा–युवती, वयस्क सबै स्वीमिङको पारखी भइसकेका छन्। पानीमा पौडिँदा स्लिम बनिन्छ भन्ने विश्वासले पनि मानिसहरू स्वीमिङ गर्न जाने प्रवृत्ति बढेको छ। यो सेवालाई व्यवस्थित गर्न उक्त मापदण्ड ल्याउन लागिएको विभागले बताएको छ।