चलचित्र ‘छ माया छपक्कै’ घरमै बसेर हेर्न सकिने भएको छ।
हाँस्यकलाकार दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), लगायत दर्जनौं चर्चित कलाकारहरुको अभिनय रहेको यो चलचित्र मंसिर १३ गते देखि प्रदर्शन हुने भएको छ।
उक्त चलचित्र च्यानल नम्बर १०८ मा प्रदर्शन हुने भएको छ।
डिशहोमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा चलचित्र हेर्ने सुविधा दिएको छ।
कार्तिक २४ गतेदेखि यो चलचित्र विभिन्न हलमा सार्वजनिक भएको थियो।