‘जिन्दावाद’ ब्यान्डले आफ्नो नयाँ गीत ‘हतकेला’ टुबोर्ग ओपन सेसन्स् २ मा प्रस्तुत गरेको छ।
२००९ मा ‘ग्लोबल ब्याटल अफ दि ब्यान्ड’मा सहभागी हुन स्थापना भएको जिन्दावाद फेरी एकपटक नेपाली सांगीतिक क्षेत्रमा फर्किएको छ।
ब्यान्डका सबै ५ सदस्यहरुले आफै संगीत सिक्दै आएका छन्।
जिन्दावाद अरुका लागी राजनीतिसम्बन्धि लागे पनि जिन्दावादले शक्ति बुझाउँछ।
च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन एक युट्युब सिरिज हो।
जसमा विभिन्न कलाकारहरुको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको प्रस्तुतिहरु पेश गरिन्छ।