दोलखाको यलुङ रि क्षेत्रमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु भएको छ।
डोल्मा खाङ हिमाल आरोहण गर्न गएको समूह सोमबार हिमपहिरोमा परेको हो। उक्त क्षेत्रमा सोमबार बिहान १०ः३० तिर हिमपहिरो गएको र कम्तीमा पाँच जना बेपत्ता भएको खबर आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिए।
‘यलुङ रि क्षेत्रमा हिमपहिरो आएको र हालसम्म तीन जनाको मृत्युको पुष्टि भएको छ। कम्तीमा पाँच जना बेपत्ता छन्। उक्त समूहमा केही विदेशी रहेको बुझिएको छ। थप विवरण संकलन गर्दैछौं,’ उनले भने।