छिमेकी मुलुकहरुले कुटनीतिक सम्बन्ध तोडेपछि कतार संकटमा परेको भन्दै फिलिपिन्सले आफ्ना नागरिकलाई कतार जान रोक लगाएको छ।
क्षेत्रीय राजनीतिक संकट आएकोले उक्त संकट रहुन्जेल थप कामदार जान रोक लगाएको फिलिपिन्सको श्रम विभागका अधिकारीलाई उल्लेख गर्दै सिएनएनले समाचार लेखेको छ।
हाल कतारमा एक लाख ४० हजार फिलिपिनीहरु रहेका छन्।
छिमेकी देशहरुले नाकाबन्दी लगाएकोले त्यहाँ कुनैपनि प्रकारको संकट आउनसक्ने भन्दै फिलिपिन्सले थप कामदार नपठाउने निर्णय गरेको हो।