मलेसियन लुब्रिकेन्ट कम्पनी पेट्रोनासका उत्पादनको नेपालको लागि आधिकारीक बिक्रेता त्रिथुङ्गा टे«डिङ्ग कन्सर्न प्रालिले पेट्रोनासका नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ। बतास अर्गनाईजेसनको भातृ संस्था त्रिथुङ्गाले पेट्रोनासको मोटरसाइकल÷स्कुटरका लागि अल्ट्र फ्लेक्सयुक्त पेट्रोनास स्प्रिन्टा लुब्रिकेन्ट आज सार्वजनिक गरेको हो। नयाँ उत्पादन यसअघि नै उपलब्ध पेट्रोनास स्प्रिन्टाको अपग्रेड भर्सन भएको त्रिथुङ्गा महाप्रबन्धक डिल्लीराज सुवेदीले जानकारी दिए।
अल्ट्रा फ्लेक्स प्रविधिले जतिसुकै बढी तापक्रममा पनि इन्जिन भित्र लुब्रिकेन्ट सहज प्रवेश हुने कम्पनीको दाबी छ। उच्च तापक्रम पुगेका बेला पनि यो प्रविधियुक्त पेट्रोनास स्प्रिन्टाले सहजै इन्जिनलाई स्मुथ राख्न मदत गर्ने कम्पनीका प्रबन्ध निर्देशक सुवेदीले बताए।
कम्पनीले विभिन्न प्रकारका साधनको लागि उपयुक्त हुने आधुनिक प्रविधिसहितका उत्पादनहरु नेपाली बजारमा सुपथ मूल्यमा उपलब्ध गराएको जानकारी दिएको छ।
बस, ट्रक, पिकअप, ट्रिपर तथा हलुका व्यावसायीक सवारी साधनका लागि भिस्कोगार्ड प्रविधि सहितको पेट्रोनास स्प्रिन्टा को पनि बजरमा भित्र्याएको कम्पनीले जानकारी गराएको छ।
सन् २०१६ मा नेपालमा पेट्रोनास लुब्रिकेन्ट ५ लाख लिटर आयात र देशभरका बितरकबाट उपभोक्तामाझ बितरण भएको थियो भने यस बर्ष सन् २०१७ मा साढे ६ लाख लिटर आयात गरी सर्वसुलभ रुपमा बितरण गर्ने लक्ष्य राखेको सुवेदीले जानकारी दिए।
नेपालको पूर्वदेखि पश्चिम हिमालदेखि पहाडसम्म सबैतिर उपलब्ध हुने भएकोले प्रयोग गर्न कुनै पनि हिचकिचावट गर्नुनपर्ने अधिकारीहरुले बताएका छन्।