मोबाइल फोन प्रयोगकर्ताहरुको प्राय कुनै न कुनै गुणासो सँधै हुन्छ। डाटा चलाउँदा पैसा बढी काटेको, फोनमा कुरा नबुझिएको, कुरा गर्दागर्दै बीचमै काटिएको यस्ता थुप्रै समस्या हुन्छन्। तर गुणासो गर्दा पनि टेलिकम कम्पनीहरुले सुनुवाई नगरेमा अब तपाईले नियमक निकायसमक्ष सहजै गुणासो गर्न सक्नुहुने भएको छ त्यो पनि आफ्नै स्मार्ट फोनको एपबाट।
उपभोक्ताहरुको गुणासो संकलन गरेर सेवा प्रदायकहरुलाई तत्काल सुधार गर्न निर्देशन दिने भन्दै नियमक निकाय दूरसंचार प्राधिकरणले यस्तो मोबाइल एप सार्वजनिक गरेको छ।
दुरसंचार सेवा गुणस्तर मापन गर्ने र प्रयोगकर्ताको अनुभव पनि संकलन गर्ने उद्देश्यले यो एप ल्याइएको र हाल एन्ड्रोइड अपरेटिङ सिस्टम भएका प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ।
‘एनटिए क्यूओएस सर्भे’ नामको यो एप
यहाँबाट डाउनलोड गर्न सकिन्छ।