नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ल्लामा नेपाली कांग्रेसले अग्रता लिएको छ। इलामको सूर्योदय नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका उम्मेदवारले सात सय २२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवारको जम्मा ६५० मत आएको छ । माओवादी केन्द्रको भने जम्मा २८ मत आएको छ ।
त्यस्तै, उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवारको अग्रता जारी छ । उपमेयरमा काँग्रेस उम्मेदवारको ७ सय २८ मत ल्याउँदा एमाले उम्मेदवारको ६ सय ६२ र माओवादी केन्द्रको जम्मा २० मत आएको छ ।