स्थानीय तह निर्वाचन दोस्रो चरणको प्रारम्भीक मत परिणाम अनुसार प्रदेश नम्बर ५ मा एमालेले अग्रता लिएको छ।
१०९ स्थानीय तहमध्ये नेकपा एमालेले ३४ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ३० स्थानमा आफूलाई अगाडि ल्याएको छ।
यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १६ स्थानमा अग्रता लिँदा फोरम लोकतान्त्रिक, स्वतन्त्र, समाजवादी फोरम र राजमोले बाँकी ४ स्थानमा अग्रता लिएका छन्।