संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुको कृष्णनगरमा बागी उम्मेद्वारका कारण पछाडि परेको छ। संघीय समाजवादी फोरम नेपालका अभिषेक प्रताप शाहको क्षेत्र कृष्णनगरमा टिकट व्यवस्थापन गर्न नसक्दा उनका दुवै काका निर्वाचनमा भिडेका हुन्।
सांसद शाहका काका रजत प्रताप शाह बागी उठेका हुन्। उनले २ सय ५५ मत प्राप्त गरेका छन्। संघीय समाजवादी फोरम नेपालका आधिकारिक उम्मेद्वार अभय प्रताप शाहले भने ८५ मत मात्र ल्याएका छन्।
जबकी उपमेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेद्वारले १७० मत ल्याएका छन्।
कृष्णनगरमा अगाडि भने राप्रपा छ। त्यहाँ राप्रपाका श्याम मिश्राले ४७९ मत ल्याएर मेयर पदमा अग्रता लिइरहेका छन्।