दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमा मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले एक महानगरपालिका, चार उपमहानगरपालिका र ४४ नगरपालिकासहित ५१ नगरमा अग्रता हाँसिल गरेको छ।
यस्तै नेकपा एमालेले तीन उपमहानगरपालिका र ४४ नगरपालिकासहित ४७ स्थानमा अग्रता लिएको छ।
यसैगरी नेकपा माओवादी केन्द्रले १२ नगरपालिकामा आफ्नो अग्रता कायम राखेको छ। फोरम लोकतान्त्रिक तीन नगरपालिका, राप्रपा दुई र स्वतन्त्र उम्मेदवार दुई नगरपालिकामा अगाडि छन्।
अहिलेसम्म कुनै पनि नगरपालिकाको टुंगो लागेको छैन।