बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ।
माओवादी केन्द्रले मेयर र उपमेयर दुवैमा अग्रता कायम गरेको हो।
माओवादीका गणेश केसीले १५४७ मत प्राप्त गरेका छन् भने उपमेयरमा शुभरानी थारुले १५२९ मत ल्याएकी छिन्।
कांग्रेसका जग्गाप्रसाद पाण्डेले केसीलाई पछ्याइरहेका छन्। उनले १३३५ मत पाएका छन्।
उपमेयरमा पनि कांग्रेसकी तुलसी पुन मगरले १३६७ मत ल्याएकी छिन्। एमालेका दुर्गा वलीले मेयर पदमा ६६५ मत ल्याएका छन्।
उपमेयरमा हिराकुमारी चौधरीले ६६७ मत ल्याएकी छिन्।