मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ।
एमालेका भुपालसिंह जिमीले बिहान ५ बजेसम्म २ हजार २ सय ३७ मतको गणना हुँदासम्म ९ सय १५ मत प्राप्त गरेका छन्। उनका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका खङ्गबहादुर फागोले ७ सय २२ मत प्राप्त गरेका छन्।
नेकपा माओवादी केन्द्रका राजेन्द्रप्रसाद पौडेलले ३ सय ३८ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेका लक्ष्मीदेवी भण्डारीले ९ सय ५३ मत, कांग्रेसकी सिता कार्कीले ५ सय ७६ मत र माओवादीकी धनमाया धिमालले ३ सय ८१ म्त प्राप्त गरेकी छिन्।