बाँकेका ८ स्थानीय तह मध्ये चारमा नेकपा एमालेले अग्रता लिएको छ। यसैगरी कांग्रेसले २, संघीय समाजवादी फोरम र राप्रपाले १/१ तहमा अग्रता लिएका छन्।
नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा अग्रता लिएको छ। कांग्रेसले डुडुवा र राप्तीसोनारी गाउँपालिकामा अग्रता लिएको छ।
फोरमले नरैनापुर र राप्रपाले जानकीमा अग्रता लिएका छन्। नेपालगन्जमा प्रमुखमा एमाले २८०, काग्रेस २३२, राप्रपा २०४ र माओवादी केन्द्र १४४ मत आएको छ।
खजुराका प्रमुखमा एमाले १०१३, माओवादी ४३१ र कांग्रेस ३०९ मत आएको छ। वडा नम्बर १ को अध्यक्षमा एमालेका सुमन मल्ल १०५४ मतसहित विजयी भएका छन्।
डुडुवाको प्रमुखमा कांग्रेस ११४२, फोरम नेपाल १०७८, राप्रपा २४८, फोरम लोकतान्त्रिक २३५, माओवादी केन्द्र १५३ र एमालेको ८८ मत आएको छ ।