बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। नेपालगन्जमा राप्रपाका धवलशमशेर राणाले ४८२ मतसहित अग्रता लिएका छन्। उनलाई माओवादी केन्द्रका दामोदर आचार्यले ३४५ मतसहित पछ्याइरहेका छन्।
यस्तै नेपाली काग्रेसका शुरेशकुमार कनौडियाले २६४ मत ल्याएका छन्।
सुरूवाती अग्रता लिएका एमालेका शम्सुद्धिन सिद्दीकी चौथो स्थानमा पुगेका छन्। उनले १८३मत ल्याएका छन्।
उपमेयरमा भने नेपाली कांग्रेसकी उमा थापामगरले अग्रता लिएकी छन्। उनले ४३२ मत ल्याएर अग्रता लिइरहेकी छन्। यस्तै दोस्रो स्थानमा रहेकी राप्रपाकी रमारानी गुप्ताले ३३२ मत ल्याएकी छन्। तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी कलामुन अन्सारीले २८५ मत ल्याएकी छन्।