रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
नेपाली कांग्रेसका मेयर उम्मेद्वारले ७६१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मेयर उम्मेद्वारले ७२८ मत प्राप्त गरेका छन्। दुई दलबीच ३३ मतको अन्तर भएको हो। यस्तै तेस्रो स्थानमा राप्रपाका उम्मेद्वारले ७०३ मत पाएका छन्। चौथो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेद्वारले ५४३ मत ल्याएका छन्।