नेपाली कांग्रेसका बिमल आचार्यले मेची नगरपालिकाको मेयर पदको मतगणनामा आफ्नो प्रतिद्वन्दी नेकपा एमालेका विष्णु प्रसाईसँगको दुरी ५४ मा पुर्याएका छन्।
बिहान ५ बजे सार्वजनिक २ हजार २ सय मतगणनामा आचार्यले ७ सय ६१ मत प्राप्त गर्दै आफूलाई अगाडि राखेका छन्।
एमालेका प्रसाईले ७ सय ७ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका हंशलाल राजवंशीले २ सय मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि कांग्रेसकी दुर्गा भूर्तेल खतिवडा ७ सय ५४ मत ल्याएर अग्रस्थानमा छिन्। यस्तै, एमालेकी मीना पोखरेल उप्रेती ४ सय १० मत ल्याएर कांग्रेसी प्रतिद्वन्दीलाई पछ्याइरहेकी छिन्। केन्द्रकी इन्दिरा कार्की भण्डारीले १ सय ९५ मत प्राप्त गरेकी छिन्।