कैलालीमा मतगणना भएका स्थानीय तहमा चार पार्टीले बराबर स्थानमा अग्रता लिएका छन्। मत गणना भएका १२ स्थानीय तहमा नेपाली कांग्रेसले ३,नेकपा एमालेले ३,नेकपा माओवादी केन्द्रले ३ र नेपाल लोकतान्त्रिक फोरमले तीन ठाउँमा अग्रता लिएका छन्।
कांग्रेसले धनगढी उपमहानगरपालिका, लम्की चुहा नगरपालिका र चुरे गाउँपालिकामा अग्रता लिएको छ ।
नेकपा एमालेले गोदावरी नगरपालिका,बर्दगोरीया गाउँपालिका र जानकी गाउँपालिकामा अग्रता लिएको छ।
नेकपा माओवादी केन्द्रले घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा अग्रता लिएको छ।
नेपाल लोकतान्त्रिक फोरमले टिकापुर र भजनी नगरपालिकमा अग्रता लिएको छ भने जोशीपुर गाउँपालिकामा पनि अग्रता लिएको छ।
मोहन्याल गाउँपालिकामा अझै मतगणना हुन सकेको छैन ।