एमाले उपाध्यक्ष भीम रावलको गृह जिल्ला अछाममा एमालेलाई कांग्रेस र माओवादी गठबन्धनले चुनौती दिएका छन्। अछामका अधिकांश स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।
अछामको मंगलसेन, पञ्चेश्वर विनायक नगरपालिकामा एमालेले अग्रता लिएको छ । ढकारी गाउँपालिकामा एमालेले अग्रता लिएको छ।
कमलबजार नगरपालिका र बान्नीगढी जयगढी गाउपालिकामा कांग्रेसले अग्रता लिएको छ। मेल्लेख गाउँपालिकामा कांग्रेस र माओवादीको संयुक्त प्यानल अगाडि छ। तुर्माखाद गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। रामारोशन गाउँपालिकाको मतपरिणाम बाहिर आउन सकेको छैन ।
साफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाको मतगणना रोकिएको छ।