बुधबार सकिएको स्थानीय निकायको निर्वाचन मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार प्रदेश नम्बर १ मा नेकपा एमालेलाई नेपाली कांग्रेसले उछिनेको छ।
हालै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले ५० स्थानमा अग्रता लिएको छ। यस्तै नेकपा एमालेले ४९ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ११ स्थानमा अग्रता लिएको छ।
बाँकी चार स्थानमा अन्य पार्टीले अग्रता लिएका छन्।
१ नम्बर प्रदेशमा एक महानगरपालिका सहित २ उपमहानगर र ४५ नगरपालिका रहेका छन्।