बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेद्वार कालिबहादुर शाही विजयी भएका छन्।
शुक्रवार बिहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालिवहादुर शाही १४५१ मत प्राप्त गरी बिजयी भएका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका सुन्दर विष्टले ९८९ मत प्राप्त गरेका छन्।
त्यस्तै उपाध्यक्षमा पनि एमालेकै ऐना गिरीले १४९० मत ल्याएर विजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा रोकाया ९८७ मत प्राप्त गरेकी छन् ।