एक नम्बर प्रदेशको संखुवासभाका दुई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ। चिचिला गाउँपालिकामा अध्यक्षमा पासाङ नर्बु शेर्पा १४६२ मत र उपाध्यक्षमा यदुकुमारी राई १३७१ मतले विजयी भएका छन् ।
त्यसैगरी संखुवासभाकै सिलिचोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमै नेपाली काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेसका रामबहादुर राई १८८१ मत र उपाध्यक्षमा काँग्रेसकै लालकुमारी राई विजयी १६९९ मतले भएका हुन् ।
योसँगै दोस्रो चरणको निर्वाचनमा कांग्रेसले तीन तह जितेको छ । एमालेको दुई तथा माओवादी केन्द्रको एक तह रहेको छ ।