मोरङको ८ वटा नगरपालिकाको निर्वाचनमा नेकपा एमालेको पकड देखिएको छ। एमालेले ८ मध्ये ६ नगरपालिकामा प्रारम्भिक अग्रता बनाएको छ। नेपाली कांग्रेसको रंगेली र रतुवामाईबाहेक सबै स्थानमा कमजोर प्रभाव देखिएको छ।
मोरङको बेलबारी नगरपालिकामा एमालेका ज्ञानेन्द्र सुवेदीले १ हजार २ सय ५६, लेटाङ नगरपालिकामा भुपेन्द्रकुमार लावती ८ सय ४, पथरी नगरपालिकामा दीलिपकुमार राई १ हजार २ सय २, सुनवर्षी नगरपालिका हसन इमाम वक्स मियाँले ६ सय ७०, उर्लाबारी नगरपालिकामा भूपालसिंह जिमी र सुन्दर हरैचा नगरपालिकामा केदारप्रसद गुरागाईँले २ हजार ७२ मत प्राप्त गर्दै शीर्षस्थानमा देखिएका छन्।
कांग्रेसका मोदराज घिमिरेले रंगेलीमा अग्रता बनाउन ६ सय २ मत प्राप्त गरेका छन्। रतुवामाई नगरपालिकामा भने कांग्रेसका रविन राईले १ हजार ५ सय ४३ मत प्राप्त गरेका छन्।