स्थानीय तहको दोस्रो चरणको निर्वाचन भएका ७ उपमहानगरपालिका मध्ये तीन/तीनमा नेकपा एमाले र कांग्रेस तथा एकमा राप्रपाले अग्रता लिएको छ। एमाले विरुद्ध कांग्रेस–माओवादी गठबन्धन भएको बुटवल, तुलसीपुर, घोराहीमा एमालेले अग्रता लिएको छ भने नेपालगञ्जमा राप्रपाले अग्रता लिएको छ। यस्तै धनगढी, धरान र इटहरीमा कांग्रेसको अग्रता लिएको छ।
बुटवल उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवारले २०१७ मत र उपमेयरमा २१६२ मत ल्याएका छन्। मेयरमा कांग्रेस–माओवादीको गठबन्धनका कांग्रेस उम्मेदवारले १६१० र उपमेयर मा गठबन्धनका माओवादी उम्मेदवारले १११० मत ल्याएका छन् ।
यस्तै तुल्सीपुर उपमहानगरपालिकाको मेयरमा एमाले उम्मेदवारले २०९४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १६३१ मत ल्याएका छन् । उपमेयरमा पनि एमाले उम्मेदवारले १९९९ मत ल्याएर अग्रता लिएकी छिन् भने उपमेयरमा कांग्रेस उम्मेदवारले १७१९ मत ल्याएकी छिन् ।
तुलसीपुरमा माओवादीका मेयर उम्मेदवारले २९६ र उपमेयरका उम्मेदवारले ३०८ मत ल्याएका छन् ।
इटहरीमा कांग्रेसले एमालेसँग दुई सय मतले अग्रता लिएको छ । कांग्रेस उम्मेदवारले ८९६ र एमाले उम्मेदवारले ६५९ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसले ७८९ र एमालेले ५९८ मत ल्याएको छ ।
यस्तै धरान उपमहानगरमा पनि कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवारले ५०० मत ल्याएका छन् भने एमाले उम्मेदवारले २८२ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसले ४९५ र एमालेले ३०३ मत ल्याएका छन् ।
धनगढी उपमहानगरमा कांग्रेस अगाडि छ । कांग्रेस उम्मेदवारले ३६७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारले ४३४ मत ल्याएका छन् ।