बाजुराको छेडेदह गाउँपालिका कांग्रेस विजयी भएको छ। नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नरबहादुर राउतले ३ हजार ७ सय ५ मत ल्याएर विजयी भएका छन्।
त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार कुन्ती बुढा सावदले विजय भएकी छन्। दुवै पदमा एमाले निकटतम प्रतिद्धन्द्धी थियो।
योसँगै कांग्रेसले चार वटा स्थानीय तह जितेको छ। एमालेले ३ तथा माओवादी केन्द्रले १ तह जितेको छ।