काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा उजुरी सुन्ने मोवाइल एप, ईट्वाइलेट, प्रदुषण मापन गर्ने यन्त्र लगाएतको कार्यक्रम सार्वजनिक गरेको छ।
काठमाडौं महानगरपालिकाको प्रथम नगरसभामा सार्वजनिक गरिएको निति तथा कार्यक्रममा महिला, बालबालिमा, बृद्धबृद्धा, असाह्य, र अपाङ्गता भएका व्यक्तिहरुको हक हितको लागि विशेष कार्यक्रम ल्याइने जानाईएको छ।
नीति तथा कार्यक्रममा उद्यमसिलताको सम्भाव्यताबारे अध्ययन गरि उत्साही युवाहरुको ज्ञान र शिपको उपयोग गर्दै उनिहरुको क्षमता अभिबृद्धि गर्ने र उनीहरुलाई खेलकुद तथा रोजगारीको लागि अनुकुल वातावरण निमार्ण गर्ने नीति अवलम्बन गर्ने जनाएको छ।
त्यसैगरी महानगरले बर्तमान शिक्षा प्रणालीमा सुधार गरी गुणस्तरीय व्यवहारीक तथा ब्यवासायीक शिक्षामा जोड दिने जनाएको छ।
महनगरबासीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र सफा, सुन्दर र स्वस्थ्य महानगर बनाउने नीति अवलन्बन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
महानगरलाई अन्तर्राष्ट्रिय स्तरको महानगर बनाउन आवश्यक पर्ने पुर्वाधारको योजनाबद्ध बिकाश गरिने नीति अवलम्बन गरिने बताइएको छ।
त्यसैगरी महानगरले भवन निमार्ण सम्बन्धी मापदण्ड समयानुकुल बनाउने, यातायातलाई सर्वसुलभ बनाउने, सहरलाई उज्यालो बनाउने, स्थानीय भषा र संस्कृतीको संरक्षण र प्रबद्धन गर्ने, प्रसाशनलाई चुस्त, प्रभावकारी, पहुँच योग्य र पारदर्शी बनाउने, पुर्वाधारहरु विकाश गर्ने, शहरलाई प्रदुषणमुक्त्त बनाईने लगाएतका नीति अवलम्बन गरिने उल्लेख गरेको छ।