रामनाथ कोविन्द भारतको १४ औं राष्ट्रपति निर्वाचित भएका छन्। उनले सोमबार भएको राष्ट्रपतीय निर्वाचनमा मिरा कुमारलाई पराजित गरेका हुन्। आउँदो २४ तारिखमा प्रणव मुखर्जीको कार्यकाल समाप्त हुँदैछ।
यसपछि दलित समूदायबाट नेतृत्व गर्ने ७१ वर्षीय कोविन्दले भारतको १४ औं राष्ट्रपतिको रुपमा सपथ लिने छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टीले कोविन्दलाई राष्ट्रपतिको निर्वाचनमा उठाएको थियो। उनले ६६ प्रतिशत मत प्राप्त गरे।
कूल १० लाख ९८ हजार ९ सय ३ मतमध्ये कोविन्दले ७ लाख २ हजार ४४ मत प्राप्त गरे। भारतीय कांग्रेसलगायतको सहयोगी विपक्षीले उठाएको मिरा कुमारले ३४ प्रतिशत मत प्राप्त गरिन्। जसमा उनले ३ लाख ६७ हजार ३ सय १४ मत प्राप्त गरिन्।
कोविन्द पूर्वोत्तर भारतको विहारस्थित कानपुरको परौखा गाउँमा जन्मिएका थिए।