लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा एमालेका मन्त्रीहरुका लागि बेलुका ६ बजेपछि आफ्नै निवासमा बिदाइ भोज आयोजना गरे।
मुख्यमन्त्री महराले आयोजना गरेको त्यो बिदाइ भोजमा कृषी तथा भूमी मन्त्री भण्डारी लाल अहिर बाहेक अरु सम्पूर्ण मन्त्रीहरु सहभागी थिए।
बिदाइमा कार्यक्रममा पत्रकारलाई भने प्रवेश निषेध गरिएको थियो। मुख्यमन्त्रीकै प्रेस सल्लाहकारलाई समेत त्यो भोजमा सामेल गराइएको थिइएन। त्यहाँ भएका कुराहरू सार्वजनिक नहुन भन्नेमा पुरै सावधानी अपनाइएको थियो।
आर्थिक मामिला तथा योजना मन्त्री तथा एमाले दल उपनेता चेतनारायण आचार्यले हार्दीकतापूर्वक वातावरणमा बिदाई भोजको कार्यक्रम सम्पन्न भएको बताए।
‘प्रदेशकै कारणले यो राजनीतिक फेरबदल भएको होइन। यो राष्ट्रिय राजनीतिका कारणले फेरबदल भएको कुरा हो,’ उनले भने।
कार्यक्रममा मुख्यमन्त्रीले यसलाई दीर्घकालसम्म लैजाने चाहना हुँदाहुँदै पनि केन्द्रमा बिग्रिएपछि तल पनि बिग्रिएकाले फेरबदललाई स्वीकार्ने बताएको आचार्यले जानकारी दिए।
कार्यक्रममा मुख्यमन्त्रीले महराले वातावरण सहज गरिदिएपछि आफूहरु पनि सहज रुपमा प्रस्तुत भएको आचार्यले बताए।
‘यो हाम्रो कारणले होइन र तपाँइको कारण भन्दापनि माथिको राष्ट्रिय राजनीतिमा नै फेरबदल आएपछि राष्ट्रिय सहमतिको सरकार बन्ने परिपेक्ष्छेमा हामी अब यो बाध्यात्मक परिस्थितिमा पुग्यौं मुख्यमन्त्रीज्यू तपाँइको साथ सहयोगले जुन जिम्मेवारी दिनुभयो हाम्रो बर्कतले भ्याएसम्म हाम्रो कार्यकौशलता पर्दशन ग¥यौ र त्यसमा हामीले कति सक्यौं कति सकेनौं त्यो तपाँइको मूल्याङकनको विषय हो। हामीलाई पार्टीले जुन उदेश्यले पठाएको थियो त्यो उदेश्यलाई सार्थक बनाउने ढंगले लाग्यौं भन्ने लाग्छ। त्यो हजुरको मूल्याङकनको विषय हो भनेर भन्यौं,’आचार्यले भने।
भोजमा दाल, भात, तरकारी र बोकाको मासु (पहाडीया मासु) को रस खुवाइएको मन्त्री आचार्यले बताए।
‘भोजमा हामीले बोकाको मासुको सुप खायौं,’ आचार्यले भने ‘अभिभावकले गर्ने व्यवहार मूख्यमन्त्रीबाट पाएका थियौं।’
मुख्यमन्त्रीले सुरुदेखि नै एउटा अभिभावकिय हिसाबले आफूहरुलाई सम्मानजनक रुपमा बिदा गरी पठाएको एमाले संसदीय दलका उपनेता आचार्यले बताए।
‘भोजपछि पार्टीको निर्देशन अनुसार हामीले राजीनामा दियौं र उहाँले आफ्ना कुराहरु राख्नुभो,’ आचार्यले भने ‘ उहाँले राखेका कुराहरु जेन्यून थिए।’
आचार्यले मुख्यमन्त्री महरा विश्वासको मत लिने मूडमा नदेखिएको बताए।
‘तर असार २४ गतेसम्म उहाँले छोड्ने परिस्थिती छैन। यो आर्थिक वर्षको क्लोजिङको समय हो। त्यसैले उहाँ अहिले बाध्यात्मक अवस्थामा हुनुहुन्छ।’
यसअघिका सहरी विकास तथा खानेपानी मन्त्री भूमीश्वर ढकालले पनि आचार्यले भनेजस्तै डिनर भोज निकै सौहार्दपूर्ण रहेको बताए।
‘हामीले राजीनामा बुझाउन आउँदै छौं भनेपछि उहाँले खाना खुवाएर बिदाइ गर्छु भन्नु भएको थियो,’ उनले भने ‘ त्यो सहज थिजो र त्यो त्यस्तो कुनै रात्रिकालिन ठूलो भोज होइन भन्ने बुझ्नु पर्यो। हामी बिदा हुने बेलामा उनले सम्मान गर्न पाउनु नराम्रो कुरा थिएन।’
एक आइटम सलाद काँक्रा, गाँजर, मासु र दाल, भात मुख्यमन्त्रीले बिदाइमा आँफुहरुलाई खुवाएको उनले बताए। ‘एकदमै राम्रो र हार्दिकतापूर्ण वातावरणमा बीचमा बिदाइ भोज चल्यो,’ उनले भेन ‘ हामी सबै हाँस्र्यौं, रमाइलो ग¥र्यौ र फेरि भविश्यमा संगै भइन्छ भन्ने कुराहरु पनि हामी बीचमा भएका थिए।’
राजीनामा बुझाइ सकेपछि मुख्यमन्त्री महराले संक्षिप्त मन्तव्यसमेत राखेको ढकालले बताए। मनतव्यमा महराले केन्द्रीय राजनीतिका कारण प्रदेशको राजनीतिपनि प्रभावित गर्दै आएको हुँदा अहिलेको परिस्थिती त्यसैको उपजका रुपमा बुझ्न उनले आग्रह गरेको एमाले नेता ढकालले बताए।
‘हामी जति समय संगै रह्यौं धेरै राम्रा कामहरु गरेका छौं र यसले अब आउने गोरेटोपनि तय भएको छ र यस्लाई पछि पनि संगै लिएर जानुपर्छ भन्ने आशय उहाँको थियो,’ ढकालले भने।