प्रतिनिधि सभाको बैठक आज पनि अनिश्चित बनेको छ।
दिउँसो १ बजे तय भएको बैठक दुई पटक सरिसक्दा पनि बस्न सकेको छैन।
दिउँसो सवा ३ बजेका लागि सारिएको बैठक फेरि सारेर साँझ साढे ५ बजे बस्ने भनिएको थियो। तर अहिलेसम्म बैठक बस्ने सुर देखिएको छैन।
बैठक बस्ने नबस्ने टुंगो नबएपछि संसद भवनमा पुगेका सांसदहरू अलमलमा परेका छन्।
कोही सांसदहरू घर फर्किएका छन् भने कोही संसद भवन परिसरमै बसेर गफ गरिरहेका छन्।
कतिपय सांसदहरू खाली समयको उपयोग गर्दै सेल्फी खिचिरहेका देखिन्छन्।
तस्बिरहरू:
-1749385159.jpeg)
-1749385159.jpeg)
-1749385153.jpeg)
-1749385153.jpeg)
-1749385112.jpeg)
-1749385112.jpeg)
-1749385104.jpeg)


-1749385085.jpeg)
-1749385104.jpeg)

