उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले समाजवादी महिला संघको केन्द्रीय उपाध्यक्ष प्रमिलाकुमारी सिंहलाई पार्टीबाट निष्कासन गरेको छ।
उनी पार्टीको केन्द्रीय सदस्यसमेत हुन्।
‘पार्टीको तत्कालीन केन्द्रीय सदस्य तथा समाजवादी महिला संघको केन्द्रीय उपाध्यक्ष प्रमिला कुमारी सिंहले पार्टीको विधान, नीति तथा सिद्धान्त विपरीत कार्य गरेको पाइएकोले नीजलाई आजकै मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको व्यहोरा जानकारी गराइन्छ,’ केन्द्रीय कार्यालय सचिव पेशल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।