नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व लिन सक्ने बताएका छन्।
पोखरामा सोमबार गण्डकी प्रदेश कांग्रेसले गरेको कार्यक्रममा बोल्दै कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका सिंहले राजनीतिक नेतृत्वसँगै कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व पनि लिन सक्ने बताएका हुन्।
कांग्रेससँग गाैरवपूर्ण इतिहाससँगै देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता रहेकाे उनको भनाइ छ।
‘राजनीतिक नेतृत्व मात्र हाेइन आउने दिनमा आर्थिक क्रान्तिकाे नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ,´ उनले भने।
पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्नेमा आफूले जाेड दिँदै आएकाे पनि उनले बताए।